punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार फेरि बस्ने

Chaupati
safha napa

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आइतबार फेरि बस्ने गरी आज सकिएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले आफ्ना धारणा राखेका थिए।

बैठकमा बोल्दै प्रचण्डले एमसिसीमा आफूले सोचविचार गरेर निर्णय गरेको बताए। तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाल प्रकरणमा आफूले अरूको कुरा सुन्दा फसेको प्रचण्डको भनाइ थियो।

‘विगतमा मलाई दायाँबायाँ बस्नेले रूकमाङ्गद कटुवाललाई कारबाही गर भने, मैले कारबाही गरें। अब म यस्तो आत्महत्या र मुर्ख हुने बाटो रोज्दिनँ। मैले जे गरें ठिक गरें’, उनले भने।

बैठकमा बोल्दै नेता श्रेष्ठले पार्टी एक ढिक्का भएर जानुपर्ने बताएका थिए। पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्ने विषयमा श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मतभेद भएको थियो। श्रेष्ठ एमसिसी पास गर्न नहुने पक्षमा थिए भने प्रचण्डले व्याख्यात्मक घोषणासहित पारित गर्ने अडान लिएका थिए।

श्रेष्ठले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि पोखेपछि प्रचण्डले उनलाई पार्टी छोडेर जान स्वतन्त्र रहेको बताएका थिए। ‘सालदेखिको सम्बन्ध भएका प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो,’श्रेष्ठले भने,‘विकास हाम्रै बलबुताले गर्नुपर्छ। अमेरिका भनेको साम्राज्यवादी शक्ति हो।’


२० फागुन २०७८, शुक्रवार १७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु