punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

Chaupati
safha napa

काठमाडौं, वैशाख ३१ । नेपालमा बाँके र कपिलबस्तुको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तुको कपिलबस्तु नगरपालिका ५ निवासी २२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो।

त्यस्तै, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज–८ निवासी ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।


३१ वैशाख २०७७, बुधवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु