कैलालीको गोदावरी पुलमा घोडा सफारी संचालन
तस्वीर : शारदा फुलारा
कैलालीको गोदावरी पुलमा घोडा सफारी संचालनमा आएको छ । अव देखि हरेक शनिबार पुलमा घोडामा सफारी गर्न सकिने बताइएको छ ।
गोदावरी नगरपालीका वडा नम्बर- ३ का सुशील ताम्राकारले पुलमा घोडा सफारी संचालनमा ल्याएका हुन् ।
सफारीका लागि उनले दुइओटा घोडाको व्यवस्था गरेका छन् । दुइ हप्ताअघिदेखी गोदावरी पुलमा घोडा सफारी संचालन गरेको उनको भनाई छ ।
शनिबारको दिन ६० जना भन्दा बढीले गोदावरी पुलमा घोडा सफारी गरीसकेको उनले बताए । यसले थारै भएपनि पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको विश्वास छ ।
१७ फागुन २०७८, मंगलवार २१:१८ बजे प्रकाशित












