आजकाे माैसम कस्ताे रहला ?
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।
देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
१८ फागुन २०७८, बुधवार ०७:३८ बजे प्रकाशित












