सुर्खेतमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि लगाइएको कर्फ्यू हटाएर प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएसँगै सुर्खेतमा सोमबारदेखि आन्दोलन चर्किएको थियो । उक्त आन्दोलनका क्रममा तोडफोड हुन थालेपछि प्रशासनले सोमबार राति सवा ८ बजेदेखि कर्फ्यू लगाएको थियो ।

 


१७ फागुन २०७८, मंगलवार २०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु