punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा एकैदिन ५७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

Chaupati
safha napa

काठमाडौं, वैशाख ३० । नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये पर्सामा मात्रै ३९ जना भेटिएका छन् । मन्त्रालयका अनुसार बाँकी कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।


३० वैशाख २०७७, मंगलवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु