punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फागुन ७ गते शनिबारको राशिफल

Chaupati
safha napa

आज २०७८ फागुन ७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। जन्मराशीबाट छैठौं स्थानमा चन्द्रमाले भ्रमण गर्दैगर्दा तपाईंले बोलेका कुराको गलत अर्थ लाग्न सक्नेछ, सोचेरमात्र बोल्नुहोला। स्वास्थ्य र शिक्षाको क्षेत्र राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले उल्लेखनीय नतिजा दिनेछ।

वृष : दिन राम्रो नै भन्नुपर्छ। राजनीति, स्वास्थ्य, वैदेशिक क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजागर बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले गुणात्मक नतिजा प्राप्त हुने योग छ। आफन्तबाट सन्तोष मिल्नेछ।

मिथुन :  दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, व्यवहारिक र पारिवारिक क्षेत्र सामान्य रहेपनि वैदेशिक र राजनीतिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हुनेछन्। शिक्षाको क्षेत्रमा गरेको लागनीबाट लाभ मिल्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रमा यथावत रहेपनि शिक्षामा राम्रो प्रगति हुने दिन छ। राजनीतिमा शत्रु बढ्नेछन्। आफन्तबाट घात हुने दिन परेको छ, सतर्कता अपनाउनुहोला।

सिंह : आजको दिन सामान्य छ। धार्मिक, सामाजिक क्षेत्रमा यथावत रहेपनि तपाईको शैक्षिक क्षेत्रमा गरेको लगानीले धेरै राम्रो हुनेछ। विद्यासम्बन्धी कारोबारले फाइदा गर्नेछ। बोलीले समस्यामा पर्नेछ, सतर्कता अपनाउनुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्।

कन्या : दिन निकै राम्रो छ। आर्थिक, राजनीति, धार्मिक क्षेत्रहरु यथास्थितीमा छन्। आफन्तबाट सहयोग मिल्नेछ भने मानसम्मान पाउने योग रहेको छ। राजनीतिमा भने विरोध गर्नेहरु बढ्नेछन्।

तुला : दिन राम्रो छ। विद्याको क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ मिल्नेछ। आफ्ना बन्धुबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्ने योग रेहको छ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन। बोल्दा ख्याल गर्नुहोला। समाजसेवामा दिन बिताए, फलिफाप हुनेछ। विदेशी संस्थासँगको साझेदारीले आम्दानी बढ्नेछ।

धनु : दिन राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। अरुको लागि गरेको कामले आत्मसन्तुष्टि बढ्नेछ। प्रतिस्पर्धीबाट पाठ सिक्न सक्नुहुनेछ।

मकर : दिन राम्रो छ। पुराना आसामी उठ्नेछ। पैतृक सम्पत्ति जोगाउनुपर्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले गुणात्मक परिणाम दिनेछ। राजनीति क्षेत्रमा भने सतर्क हुनुपर्नेछ।

कुम्भ : दिन राम्रो छ। अध्ययन अध्यापनमा प्रभाव रहनेछ। राजनीतिमा शत्रु बढ्नेछन्। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मिन : दिन राम्रो छ। न्यायपूर्ण गरेको सम्पत्तिबाट धन आर्जन हुनेछ। अनुयायीबाट सहयोग मिल्नेछ। आज गरेको सेवाले गुणात्मक परिणाम प्राप्त हुने योग छ।


७ फागुन २०७८, शनिवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु