पत्रकार महासंघ बैतडीमा सर्वसम्मत कार्यसमिति चयन  : अध्यक्षमा अवस्थी

नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्।

त्यस्तै चारजना राष्ट्रिय परिषद् सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ। सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन। जिल्लामा रहेका पत्रकारका संघसंगठन(नेपाल प्रेस युनियन,समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर) बीच भएको सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


५ फागुन २०७८, बिहीवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु