punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग ठोक्किँदा गोदावरी नगरपालिका–५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई मृत्यु भएको हो ।
अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो ।


५ फागुन २०७८, बिहीवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु