punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तहको निर्वाचन: आजदेखि दल दर्ता शुरु

Chaupati
safha napa

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु गर्दैछ । फागुन १५ सम्मका लागि दल दर्ता खुला गरेको आयोगले जनाएको हो । सरकारले ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
आयोगमा १०६ वटा दल दर्ता भएका छन् । आयोगले दल दर्ताका लागि दलहरूले आर्थिक वर्ष ०७७र०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने जनाएको छ । यस्तै, ०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनु पूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने भनेको छ ।

०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले पनि ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा अलग(अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

आयोगले जारी गरेको सूचनाअनुसार दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्छ ।

 


५ फागुन २०७८, बिहीवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु