करिब ३ लाख रुपैयाँ नक्कली नोटसहित ४ जना पक्राउ
काठमाडौंमा करिव ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।
अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको प्रहरीको भनाई छ ।
४ फागुन २०७८, बुधवार १९:०५ बजे प्रकाशित






























