एमसीसी संसद्बाट पारित हुन्छ : कांग्रेसका उपसभापति निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसीसी बिजुलीको प्रशारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दै निधिले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए ।
लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको निधिले बताए । एमसीसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने उनको जिकिर थियो ।
४ फागुन २०७८, बुधवार १९:२० बजे प्रकाशित






























