punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका युवकको हत्या गरिएको आरोपमा तीन जना पक्राउ

Chaupati
safha napa

डडेल्धुरामा कुटपिट गरी युवकको हत्या गरिएको आरोपमा तीन जना पक्राउ परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ का २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका-८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने तेजबहादुर बिक रहको डीएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए ।

आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका-४ मा फालेका थिए । पक्राउ परेका माथी ज्यान मार्ने मुद्धा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


३ फागुन २०७८, मंगलवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु