वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन
वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको छ । आज बिहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गर्नुभएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ। बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध सङ्ग्रहका सर्जक शर्माको नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।
शर्मा लामो समयदेखि डिमेन्सिया (विस्मृति)रोगबाट ग्रसित थिए । यस अलावा शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आइरहेका थिए ।
३ फागुन २०७८, मंगलवार १३:१२ बजे प्रकाशित































