punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाख्रा चराउन गएकी महिला बाँझो घरमा मृत फेला

Chaupati
safha napa

बैतडीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा मृत फेला परेकी हुन् ।

बाख्रा चराउन गएकी महिलाको शव सोमबार सोही ठाउँको सोतेखोला नजिकैको एक बाँझो घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुरसार उनी साँझ घर नफर्किएपछि खोजी गर्दै उनको शव मध्येराति उक्त बाँझो घरमा फेला परेको हो ।

महिलाको शव फेला परेपछि प्रहरीले घटनास्थलको प्रक्रिया पूरा गरेर पोष्टमार्फतका लागि जिल्ला अस्पताल बैतडीमा ल्याइएको प्रहरी निरीक्षक खडेकाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


१८ माघ २०७८, मंगलवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु