punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो

Chaupati
safha napa

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक९उपसचिव०सहित १७ कर्मचारीका लागि करार सेवामा विज्ञापन खोलेको छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नातकोत्तर वा कम्प्युटर इन्जिनियरमा स्नातकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ।

योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।


१७ माघ २०७८, सोमवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु