सेतीमा थप १२१ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप १२१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १९ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।ती मध्ये चार जनाको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको हो ।


१४ माघ २०७८, शुक्रवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु