धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भिमदत्त नगरपालिका-८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाईते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए। त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो।
संक्रमित भएपछि अस्थायी कोरोना अस्पताल धनगढीमा उनको उपचार भैरहेको थियो। उपचाररत उनको ८:५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।
१४ माघ २०७८, शुक्रवार १३:४२ बजे प्रकाशित












