सुदूरपश्चिममा थप ६५२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७३ जनाको एन्टिजेन र पाँच सय जनाको पीसीआर परीक्षण गर्दा मंगलबार ६५२ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार ५५० जनामा संक्रमण फेला परेको थियो।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये ११६ जना भने मंगलबार नै भारतबाट फर्केका नागरिक हुन्। मंगलबार सुदूरपश्चिमका नाका भएर ९६६ जना स्वदेश फर्केका छन्।

निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ५८७ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

 


११ माघ २०७८, मंगलवार २०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु