punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोटरी क्लबद्धारा धनगढी उपमहानगरपालिकालाई मास्क हस्तान्तरण

Chaupati
safha napa

रोटरी क्लब अफ धनगढीले कोभिड–१९ बाट बच्न ‘‘अनिवार्य मास्क लगाउ’’ भन्ने उद्देश्यले धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष दीपक उपाध्यायले उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई मास्क हस्तान्तरण गरेका छन ।

मास्क हस्तान्तरण गर्दै अध्यक्ष उपाध्यायले बढ्दो कोभिड–१९ बाट बच्न ‘‘अनिवार्य मास्क लगाउ’’ भन्ने उद्देश्यका साथ क्लबले उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतका लागि मास्क हस्तान्तरण गरेको बताए ।

उपमहानगरपालिकाका मेयरले वडले रोटरी क्लबले पहिलो तथा दोश्रो कोभिड–१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेश्रो लहरमा समेत अग्रपंक्तिमा रहि कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे ।

उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पुर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित ब्यबस्थापन गर्न नगरबासीहरुलाई आग्रह समेत गरे ।

मास्क हस्तान्तरण कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहरा लगायतको सहभागीता रहेको थियो ।


९ माघ २०७८, आइतवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु