कैलालीमा मास्क अभियान : सीडीओ र एसपी आए सडकमा
कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थालिएको ‘तपाइँको मास्क खै’ अभियानलाइ प्रभाविकारी बनाउन थालिएको छ ।
आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीसहितको टोली ‘तपाईको मास्क खै’ अभियानलाई प्रभाविकारी बनाउन आफै सडकमा निस्किए ।
‘कोभिड–१९ को जोखिम बढ्दै गएकाले सबैले अनिवार्य मास्क लगाऔं’ लेखिएको व्यानर बोकेको प्रहरीसहितको टोली बजारमा निस्किएको हो । प्रमुख जिल्ला अधिकार थापा र एसपी अधिकारीसहितले बजार क्षेत्रको अनुगमनका क्रममा मास्क नलाएकाहरूलाई मास्क लगाउन आग्रह गरे ।
संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि यसमा कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । कैलालीमा कोरोना संक्रमण दैनिक बढ्दै गइरहेकाले स्वयम व्यक्तिले पनि सजगता अपनाउनुपर्ने उनको भनार्ई छ ।
९ माघ २०७८, आइतवार १६:३० बजे प्रकाशित













