कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको हो ।

उनले आइतबार कैलारी गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए ।

खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए । मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।


९ माघ २०७८, आइतवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु