punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कसले कुर्छ चुनावताका धनगढीमा किनिएको आरजुको घर ?

Chaupati
safha napa

२०७४ सालको आमनिर्वाचनमा होमिएका बेला प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाले धनगढीमा भव्य घर किनिन् । टुरिस्ट उम्मेदवारको संज्ञा दिन थालिएपछि डा. राणा देउवाले घर किनेकी हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी देउवापत्नी आरजुले घर किनेर आफू स्थानीय नै भएको देखाइन् ।

धनगढी–४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किनेकी हुन् । यसअघि हसनपुरलगायत केही ठाउँमा घर किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । हमालको सुविधासम्पन्न घर मन परेपछि उनले सो घर किनेकी हुन् । ३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्गफिटमा यो घर रहेको छ ।

अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । सो घर उनले ३ करोडमा किनेकी हुन् ।

घर किनेपछि आफू स्थानीयनै भएको देखाउँदै भोट मागिन् तर उनी त्यती बेला वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । त्यो भव्य घर चुनावी प्रयोजनबाहेक प्रयोगमा आउन नसकेको उनीमाथि आरोप लाग्दै आएको छ ।

‘उहाँ आयो भने होटल डिभोटीमा बस्नुहुन्छ घरमा कहिले बस्नु हुँदैन् अनि उहाँको घर हो र यहाँको नागरिक हो भनेर कसरी चिन्ने ?’ नेकपा एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशीले प्रश्न गर्दै भने, ‘फेरि चुनाव आइरहेको छ, त्यती फेरि मेरो घर छ भन्दै आसेपासे राखेर सोही घरमा बस्नुहोला त्यही बेला उहाको घर हुन्छ ।’ आरजुले घर किनेपछि यहाँ आएर बसेको अहिलेसम्म थाहा नपाएको उनले बताए ।

अहिले सो घरमा उनका भन्जा रमेश चन्द बस्दै आएका छन् । ‘जतिपटक आएपनि उहाँ आफनै घरमा बस्नुहुन्छ,’ उनका भान्जा रमेश चन्दले भने, ‘आफ्नै घर भएपछि धनगढी आएपछि अन्तै बस्ने कुरा हुँदैन ।’

कांग्रेस सभापति समेत रहेका देउवा हालै प्रधानमन्त्री भएपछि यहाँको घरमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । हाल सो घरमा नेपाल प्रहरीका दुई जनाले सुरक्षा दिँदै आइरहेका छन् ।

असोज ३१ देखि कात्तिक २ गतेको अविरल वर्षापछि भएको क्षति अवलोकन तथा निरीक्षणको क्रममा कात्तिक ४ र ५ गते प्रधानमन्त्री देउवा सुदूरपश्चिम आएका थिए । उनी भने सुरक्षा घेरामा रहेको त्यो घरमा बसेनन् । देउवा होटल डिभोटीमा बसेका थिए ।

आरजु कहिलेकाँही आएर बस्ने घरमा अब चुनाव नजिकिएसंगै चहलपहल बढ्न सक्छ । आरजुले फेरिपनि कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभाको चुनावमा उठ्ने तयारी गरिरहेको बुझिएको छ ।चुनावमा बेला आरजु नेता कार्यकर्ताको निकै भीँड लाग्ने गरेको छ । अहिले देउवा प्रधानमन्त्री भएपछि बाहेक अन्य अवस्थामा भने घर सुनसान नै हुने गरेको थियो ।


१ माघ २०७८, शनिवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु