punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३१८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज दुई हजार २०५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका २२७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५ झुलाघाट नाकाबाट फर्केका ६ र पुलघाट नाका दार्चुलामा ५ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् ।

उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।

विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।


२९ पुस २०७८, बिहीवार १९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु