नक्कली सई पक्राउ

दाङमा प्रहरीले नक्कली प्रहरीको परिचय दिई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३९ वर्षीय रामबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बस्नेतले आफू नेपाली प्रहरीको सिआइबीको सई हुँ भन्दै जिल्लाका व्यापारीहरूलाई ठगी गर्दै हिँडेको भन्ने उजुरी तथा गुनासोको आधारमा बुधबार दिउँसो घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। साथै उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


२९ पुस २०७८, बिहीवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु