एमाले जिल्ला अधिवेशन : कैलालीमा मतदान सुरु

नेकपा एमाले कैलालीको नेतृत्वको लागि मतदान सुरु भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो ।

आइतबार विहानदेखि मतदान सुरु गर्ने भनिएपनि तयारी नभएको भन्दै बेलुका सारिएको थियो । तर पनि तयारी नपुगेको भन्दै सोमबार (आज)का लागि सारिएको थियो । मतदान सुरु नभएको भन्दै आइतबार अधिवेशनस्थलमा झडपसमेत भएको थियो ।

एमाले कैलालीमा १५० पदका लागि हुने निर्वाचनमा ३२९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ भने सचिवमा दानबहादुर विक र डेजी पाण्डेको उम्मेदवारी छ ।

यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी छ । १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुलातर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ क्षेत्र नम्बर १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दता गरेका छन् ।

पाँचवटै निर्वाचन क्षेत्रबाट भूगोल महिला पाँच÷पाँच जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ तीन पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ दुई जना निर्वाचित भइसकेका छन् ।

दलिततर्फ आठ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ आठ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारु तर्फ पाँच महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ एक पदमा दुई जनाको उम्मेदवारी छ ।

एक पदमा महिला निर्विरोध भएका छन् । मजदुरतर्फ पुरुष र महिला गरि तीन जना निर्वाचित भएका छन् । दलिततर्फ आठ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ चार जनाको पदमा नौं जनाको उम्मेदवारी छ ।

अपाङ्गतर्फ एक पदमा तीन जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि एक जनाको पदमा तीन जनाको उम्मेदवारी छ ।


२६ पुस २०७८, सोमवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु