अछाममा एक युवक मृत फेला, हत्याकाे आशंका

अछाममा एक जना युवकको शब भेटिएको छ । अछाम जिल्लाको कमलबजार नगरपालिका ५ कुइका ३७ वर्षीय भानुभक्त तिमिल्सैनाको शव आफ्नो घर भन्दा ५०० मिटरको दुरिमा भेटिएको हो ।

मृतक तिमील्सैनाको हत्या भएको हुनसक्ने आफन्तहरु बताउँछन् । शव भेटिएपछि सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखको टोली घटनास्थल गएर घटनाको मुचुल्का सहित अनुसन्धान गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


२६ पुस २०७८, सोमवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु