ओमिक्रोनपछि साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट

कोरोनाको तेस्रो भेरियन्टका रुपमा ओमिक्रोन फैलिइरहेका बेला साइप्रसमा फेरि अर्को नयाँ भेरियन्ट फेला परेको छ ।

डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरूले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना सङ्क्रमित भएका छन् । उनीहरूमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

युनिभर्सिटी अफ साइप्रसका प्राध्यापक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित सङ्क्रमण देखिएको छ । ’

कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका बिरामीमा नयाँ सङ्क्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो ।

जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटाबेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउँछ । नयाँ भाइरसबारे विज्ञहरूले थप अनुसन्धान गरिरहेका छन् ।


२६ पुस २०७८, सोमवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु