बढ्दोक्रममा कोरोना : निको हुने भन्दा संक्रमित बढ्दै
नेपालमा कोरोना संक्रमण बढ्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
२२ पुस २०७८, बिहीवार १७:५९ बजे प्रकाशित













