माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।

त्यस्तै ८ :३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८: ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९: १० बजे उम्मेदवारको नामावली पुन: प्रकाशन, ९:३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ :१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११: ३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।


१७ पुस २०७८, शनिवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु