Churya gapa
Churya gaupalika
Churya

माओवादीले गर्‍यो मतदाता नामावली प्रकाशन, १७४२ मतदाता

नेकपा माओवादी केन्द्रको जारी ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली प्रकाशन भएको छ।माओवादी निर्वाचन समितिले प्रकाशन गरेको नामावलीमा मतदाता १७४२ छन्।

यो निर्वाचनको नियमित प्रक्रिया हो।केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने बताएका छन्।

प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन्। २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ।आजै भएको माओवादीको बन्द सत्रले विधान पारित गरेको छ।विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो। बन्द सत्रले पदाधिकारीको संख्या भने टुंग्याउन सकेन।

महाधिवेशनले पदाधिकारीको संख्या भने नटुंग्याउने निश्चितजस्तै भएको छ। यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको थियो।

महाधिवेशन हलले पदाधिकारीको संख्या कति तोक्ने निर्णय गर्न केन्द्रीय कमिटीलाई जिम्मा दियो। अब केन्द्रीय कमिटी आफ्नो अनुकूलमा संख्या टुंगो लगाउने र चयन गर्न सक्नेछ।


१७ पुस २०७८, शनिवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु