अबको केही दिन घाम लाग्ने, आउँदो बिहीवारदेखि भने माैसम बद्ली हुने
पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ ।
अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए ।
उनकाअनुसार आज प्रदेश(१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने घाम लाग्ने उनले बताए।
अब आउँदो बिहीवारसम्मकै मौसम घमाइलो हुने पूर्वानुमान गरिएको छ । तर, बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् समिर श्रेष्ठले बताए ।
‘आउँदो बिहीवार र शुक्रवार भने मौसम पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ’, उनले भने–‘त्यस अघि भने खासै पानी पर्ने सम्भावना छैन् ।’
१६ पुस २०७८, शुक्रवार ०८:२५ बजे प्रकाशित

















