Churya gapa
Churya gaupalika
Churya

चरेससहित दुईजना पक्राउ

कञ्चनपुरकोभीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट प्रहरीले दुईजनालाई लागुऔषध चरेससहित आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने वर्ष २६ का हरिशप्रसाद जोशी र वर्ष २५ का सागर बोहरा छन्।

पक्राउ परेका दुवैजनाका साथबाट प्रहरीले ८.८८ ग्राम चरेस बरामद गरेको छ। शंका लागी जाँच गर्दा इलाका प्रहरी कार्यालय गड्डाचौकी र महेन्द्रनगरबाट खटिएको टोलीले पर्समा लुकाएको चरेससहित दुवैजनालाई पक्राउ गरेको हो।

पक्राउ गरिएका दुवैजनामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एक साताअघि पनि प्रहरीले भीमदत्त नगरपालिको तिल्केनी क्षेत्रबाटै चरेस सहित दुईजनालाई पक्राउ गरेको थियो।


१५ पुस २०७८, बिहीवार २१:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु