Churya gapa
Churya gaupalika
Churya

डा केसी र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा वार्ता

banigadijayagad gapa

प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीबीच बालुवाटारमा वार्ता भएको छ।चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तामा अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धता तथा डा केसीले यही पुस ११ गते राखेका ७ बुँदे मागबारे छलफल भएको वार्तामा केसीका सहयोगी प्रितम सुवेदीसहित मोहना अन्सारी, डा विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए।

डा केसीले गत आइतबार विज्ञप्ति जारी गरी भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक आयोग बनाएर छानबिन सुरु गर्न माग गरेका थिए।

उनले खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीलगायत सातबुँदे माग अघि सारेका छन्।

यसअघि आफूसँग सरकारले गरेका विभिन्न सहमतिसमेत पूरा गर्नुपर्ने नभए फेरि सत्याग्रह सुरु गर्ने चेतावनी डा केसीले दिएका छन्।


१५ पुस २०७८, बिहीवार १७:२४ बजे प्रकाशित

safha

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु