punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटाका ६ हजार बढी विद्यार्थीलाई कोरोना विरुद्धको खोप

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ६ हजार ६४६ विद्यार्थीलाई कोरोना विरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाइएको छ।

कोरोनाको खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर पुगेका छात्रा तीन हजार ३६८ र छात्र तीन हजार २७८ लाई विद्यालयमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाएका हुन्।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार पुस ४ गते देखि ११ गते सम्मको अवधिमा वडा नं १ का ९६६, वडा नं २ का ३४, वडा नं ३ का ५५, वडा नं ४ का ८९५, वडा नं ५ का ७३२ र वडा नं ६ का ३५५ जना विद्यार्थीलाई कारोना विरुद्धको खोपको पहिलो मात्रा लगाइएको छ।

यसैगरी, वडा नं ७ का ८२४, वडा नं ८ का ४५७, वडा नं ९ का १६५, वडा नं १० का ९८१, वडा नं ११ का एक हजार ६३६ र वडा नं १२ का ३३० जना विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको छ।

विद्यालयमा खोप लगाउनबाट छुटेका विद्यार्थीलाई नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखाका प्रमुख भट्टले बताए।

खोप लगाउनका लागि नगरपालिकाका १२ वटै वडामा ४२ वटा केन्द्र निर्धारित गरिएका छन्। नगरपालिकालाई प्राप्त खोपको मात्रा सात हजार २२० मध्ये हाल सम्म छ हजार ९१० मात्रा लगाइएको छ। प्राप्त खोपको ३१० मात्रा बचतका रूपमा रहेको छ।

 


१२ पुस २०७८, सोमवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु