punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगामी चुनावमा उप–प्रमुख पदमा दोहोरिँदैन : केन्द्रीय सदस्य भट्ट

Chaupati
safha napa

नेपाली काँग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उप–प्रमुख पदमा नदोहोरिने बताएकीछन् ।

काठमाडौंबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उप–प्रमुख पदमा नदोहोरिने घोषणा गरेकी हुन् ।

‘पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन्, ‘धनगढी उप–महानगरपालिकाको उप–प्रमुख पदमा दोहोरिँदैन ।’ उनले अहिलेनै यो वा त्यो पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको बताइन् ।

पार्टी भित्र महिलाको सहभागिता र ससक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाई छ । ‘म प्रदेशको महिलाको तर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएकाले मेरो महिलासँगको जिम्मेवारी पनि थपिएको छ,’ उनले भनिन् ।

पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ ।


१२ पुस २०७८, सोमवार १४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु