punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाइकको पछाडि बस्नेलाई ‘हेल्मेट’ अनिवार्य, कानुन बन्दै

Chaupati
safha napa

मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य रुपमा ‘हेल्मेट’ लगाउनुपर्ने भएको छ । सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने व्यवस्था गर्न लागेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरी कानुन मन्त्रालयमा पठाएको छ । मस्यौदामा राखिएको उक्त व्यवस्थाले कानुनको रुप लिएपछि मोटरसाइकल र स्कुटरको पछाडि बसेर यात्रा गर्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने हुन्छ ।

यसअघि पनि राजाको प्रत्यक्ष शासन कालमा स्वास्थ्य मन्त्री बनेका डा. उपेन्द्र देवकोटाले यस्तो व्यवस्था ल्याएका थिए । चिकित्सक देवकोटाले उपचारका क्रममा दुई पाङ्ग्रे सवारी साधनको पछाडि हेल्मेट नलगाई यात्रा गर्नेहरुको नै ज्यादाजसो ‘हेड इन्जुरी’ र ‘स्पट डेथ’ समेत भएको पाएपछि त्यसलाई रोक्न मन्त्री भएपछि यस्तो व्यवस्था ल्याएका थिए ।

त्यति बेला मन्त्रिपरिषद्ले निर्णय गरेर यस्तो व्यवस्था ल्याइएको थियो । पछि २०६५ सालमा ट्राफिक प्रहरीमार्फत यस्तो व्यवस्था लागू गरिएको थियो । मोटर साइकल तथा स्कुटरमा दुईवटा हेल्मेट लिएर हिँड्नुपर्ने झण्झट र आपराधिक क्रियाकलापमा संलग्नहरुलाई ज्यादा सहज हुने देखिएपछि उपभोक्ता र नियामक पक्षबाट यो व्यवस्था कार्यान्वयनमा ल्याउने उत्साह देखिएन । र, यो व्यवस्था खारेज भएको थियो ।

सरकारले फेरि यो व्यवस्थालाई कानुन नै बनाएर अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन खोजेको हो । सुरक्षाको दृष्टिकोषणले यो व्यवस्था असाध्यै आवश्यक रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

आर्थिक सर्वेक्षण २०७७÷७८ लाई आधार मान्ने हो भने नेपालमा दर्ता भएको दुई पाङ्ग्रे सवारी साधनको संख्या ३१ लाख ६२ हजार छ । यस आधारमा हाल दुई पाङ्ग्रे करिब ३२ लाख पुगेको अनुमान गर्न सकिन्छ । दुई पाङ्ग्रे सवारीको पछाडि बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनु पर्ने कानुन लागु भए थप ३२ लाख हेल्मेट आवश्यक हुने देखिन्छ ।

हेल्मेट व्यवसायीका अनुसार हाल बजारमा १ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने हेल्मेट उपलब्ध छन् । तर, ज्यादा बिक्री हुने हेल्मेटमा ३ हजारदेखि ६ हजार रुपैयाँसम्मका छन् । औषतमा एउटा हेल्मेटको ४ हजार ५ सय रुपैयाँ मान्ने हो भने पनि ३२ लाख नयाँ हेल्मेट किन्न १४ अर्ब ४० करोड रुपैयाँ खर्चिनु पर्ने देखिन्छ ।


७ पुस २०७८, बुधवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु