डडेल्धुराका जिसस प्रमुख भट्टको निधन

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचाररत भट्टको सोमबार निधन भएको हो ।

एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गते अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए।

 


५ पुस २०७८, सोमवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु