बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी
काठमाण्डौको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।
कम्प्लेक्समा केहीबेर अघिदेखि आगलागी सुरु भएको हो । आगो निभाउन प्रयास भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
५ पुस २०७८, सोमवार १६:१४ बजे प्रकाशित













