भारतको बेङ्गलोर हिँडेका युवक पलियामा मृत फेला

धनगढीबाट भारतको बेङ्गलोरका लागि एक युवक पलियामा मृत फेला परेका छन्। कञ्चनपुर पुनर्वास–११ घर भएका २१ वर्षीय सुवर्ण सार्की पलियाको शारदा नदी पुल नजिकै मृत फेला परेका हुन्।

मृतकका भिनाजु रविन मगरातीका अनुसार आइतबार साँझ ४ बजे उनको शव भेटिएको थियो। अहिले उनको शव लखिमपुर प्रहरी थानामा राखिएको छ।

मृतकका आफन्तले भने उनको हत्या भएको आशंका गरेका छन्। मृतक सार्की धनगढीबाट मंसिर २९ गते जयलक्ष्मी ट्राभलमा भारततर्फ हिँडेका थिए।

भारत हिँडेका उनीसँगै ४ जना अरु साथीहरु पनि गएको मगरातीले बताए। सन्तोष सिंह, सन्तोषका भाइ, लक्ष्मण रोकाया र सचिन सिंह मृतक सार्की सँगै गएको उनले बताए। उनको शव नेपाल ल्याउनका लागि प्रयास भइरहेको बताइएको छ।


५ पुस २०७८, सोमवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु