बैतडीमा कोरोना संक्रमित वृद्धको मृत्यु
बैतडीमा कोरोना भाइरस संक्रमित एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका (१ का ८५ वर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। ती वृद्ध बिहीबार मात्रै अस्पतालमा भर्ना भएका थिए।
३ पुस २०७८, शनिवार १०:३२ बजे प्रकाशित












