बझाङका सिंह कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
बझाङका अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पूर्वमन्त्री समेत रहेका सिंह पिछडिएको क्षेत्रबाट दुई हजार ६७७ मत ल्याई केन्द्रीय सदस्यमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी दीपकजङ्ग शाहीले दुई हजार ५६ मत मात्रै प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
सिंह नाम यसअघि काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका रुपमा पनि चर्चामा रहेको थियो । पछि वीरबहादुर बलायरले आधिकारिकता पाएपछि उनी पछि हटेका थिए ।
३ पुस २०७८, शनिवार १०:३७ बजे प्रकाशित












