महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माको सम्भावना पनि बलियो

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि भएपछि उनको जित सुनिश्चित भएको हो । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै गएका छन् ।

३३२० मतगणना हुँदा गगनकुमार थापा एक्लैले २१६४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १३२८ ल्याएका छन् ।

यसैगरी प्रकाशशरण महतले १०९२ मत ल्याउँदा महामन्त्रीकै प्रत्याशी प्रदीप पौडेलले ९९९, मीनेन्द्र रिजालले ५८८ र राजाराम कार्की ७६ मत ल्याएका छन् ।

 


१ पुस २०७८, बिहीवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु