बुद्ध एअरको जहाज आपत्कालीन अवतरण
बुद्ध एअरको जहाज चिवतनको भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरिएको हो ।
दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकले जानकारी दिए।
जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले बताए ।
बुद्ध एअरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुन सक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ ।
१ पुस २०७८, बिहीवार १४:४७ बजे प्रकाशित













