सभापतिमा निधिको पनि समर्थन देउवालाई
कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
देउवाले निधिलाई उनकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए । संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् ।
निधिको सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउने बताएको छ । यसअघि प्रकाशमान सिंहले देउवालाई समर्थन गरिसकेका छन् ।
२८ मंसिर २०७८, मंगलवार १२:१४ बजे प्रकाशित












