सुनको मूल्य बढ्यो

सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो। तेजावी सुन भने आज ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ। सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ।


२८ मंसिर २०७८, मंगलवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु