हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणा

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो संयोजकत्वमा जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए ।

प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।


२८ मंसिर २०७८, मंगलवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु