दोस्रो चरणमा प्रकाशमानले देउवालाई सघाउने

प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ छ ।

देउवाले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्ने प्रतिबद्धता जनाएको सिंहले बताए ।


२८ मंसिर २०७८, मंगलवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु