punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

कैलाकीको कैलारी गाउँपालिका वार्ड नम्बर ४ का स्थानीय एवम् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमझ चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका चौधरीले नेपाली काङ्ग्रेसको लामो राजनीतिक इतिहासमा आफ्नो मात्र नभई सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै आफूलाई जिताउन आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीबार धनगढी स्थित ओम प्यालेस मा प्रदेश अधिवेशन भइरहेको छ । उनी कैलाली बहुमुखी क्याम्पसका निर्वाचित पूर्व स्ववियु उप-सभापति हुन् । भने उनले कैलारी गाउँपालिकाको सभापतिमा हार बेहोरेका थिए ।


१६ मंसिर २०७८, बिहीवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु