punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यु–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको तेस्रो जित, फाइनल सम्‍भावना

Chaupati
safha napa

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम तेस्रो जित हात पारेको छ। बुधबार मूलपानी मैदानमा भएको प्रतियोगिताको १८औँ खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गरेको हो। यो सँगै सुदूरपश्चिमले फाइनल सम्भावना कायम राखेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अंकित सुवेदीको ६१ रनको शानदार अर्धशतकीय इनिङका बाबजुत ९० रन मात्रै बनायो। सुवेदीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। सुदूरपश्चिमका लागि शेर मल्लले ४ तथा नरेन्द्र साउदले ३ विकेट लिँदा कैला एरीको नाममा २ विकेट रह्यो।

९० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात खराब भए पनि पछिल्लो क्रम सम्हालिँदा ३१ ओभरमै लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो। उसका लागि वसन्त कार्की र अर्जुन साउदले पाँचौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरे।

त्यसअघि सुदूरपश्चिमले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। कार्की ३७ रनमा नटआउट रहँदा साउद ३२ रनमा अविजित रहे। थप दोहोरो स्कोरका रूपमा दीपक टमाटाको १० रन रह्यो। प्रदेश एकका लागि अभिनय राजवंशीले २ विकेट तथा श्रवन किस्कु र अंकित सुवेदीले थप १–१ विकेट लिए। सुदूरपश्चिमको पाँच खेलमा ६ अंक भएको छ।


१५ मंसिर २०७८, बुधवार १६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु